इजरायल गाजामा ६ हप्ता युद्धविराम गर्ने सम्झौता नजिक


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०
2.3K
SHARES

२० फागुन काठमाडौं । गाजामा युद्ध गरिरहेको इजरायलले ६ हप्ताको युद्धविराम प्रस्ताव स्वीकार गर्ने तयारी गरेको छ । इजरायल युद्धविराम गर्ने सम्झौतानजिक पुगेको अमेरिकी अधिकारीले जनाएको द गार्डियनले उल्लेख गरेको छ ।

युद्धविरामका लागि हमासले बन्धक बनाएकाहरूmनई रिहाइ गर्ने र इजरायलले ध्वस्त पारेको गाजा क्षेत्रमा सहायता पठाउन दिने सम्झौता छ । यो सम्झौतामा हमासले भने अझै सहमति जनाएको छैन ।

युद्धविराम सहमतिनजिक पुगे पनि हमासले जीवित रहेका र मृत्यु भइसकेका बन्धकको सूची नदिएसम्म युद्धविराम वार्ता जारी नहुने इजरायलको भनाइ छ । इजरायलको अक्रमणमा परी गाजामा ३० हजार भन्दा बढीको मृत्यु भएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा करिब १२ सय मानिसको ज्यान गएको थियो ।