भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
2.7K
SHARES

२१ फागुन काठमाडौ । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चार माध्यमलाई यसबारे जानकारी गराएका छन् ।

वर्षा र  बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध  भएको छ ।  बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ ।  घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।