चैत २१ सम्म दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी हुन्छ – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २४ २०८०
2.4K
SHARES
२४ फागुन काठमाडौं । सरकारले दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ गतेसम्म गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै दुग्ध किसानको भुक्तानी सहज गर्न सहमति भएको बताएका हुन् ।
“दुग्ध किसानको भुक्तानी सहज बनाउन सम्बन्धित उद्योगी र किसानसँग वार्ता गराई पुस मसान्तसम्म पाउनुपर्ने रकम आगामी चैत २१ गतेसम्म भुक्तानी गरिसक्ने र नियमित भुक्तानी पनि जारी राख्ने सहमति भएको छ,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट