पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ४ २०८०
3K
SHARES

४ चैत काठमाडौँ ।पोखरालाई आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल किनारमा आयोजित औपचारिक कार्यक्रमका बीच कास्कीकाे चर्चित शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् ।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा गण्डकी प्रदेशको राजधानी हाे । यो शहरलाई ७ वर्ष अघिदेखि नै औपचारिक पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भए पनि हुन सकेको थिएन ।