ग्लोबल फोरम जापानको अध्यक्षमा मुना सुनार चयन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
3.6K
SHARES

२१ वैशाख टोकियो । ग्लोबल फोरम जापानको अध्यक्षमा मुना सुनार सर्बसम्मतले चयन हुनु भएको छ । ‘सबैखाले विभेदहरुको अन्त्य गरौं, समानतामुलक समाजको निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुक्रबार जापानको राजधानी टोकीयोमा फोरमको तेस्रो अधिवेशनबाट उहा अध्यक्ष पदमा सर्वसम्मतले चयन हुनु भएको हो । अधिवेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा गोविन्द सिंह, दिपक सुनार, सरिता बराईली, मञ्जुल बराईली, अमृत सुनार र मंगल सुनार चयन भएका छन् भने महासचिवमा गंगालाल जि. आर., सचिवहरुमा बिष्णु बिक, प्रकाश बिश्वकर्मा, रबिन्द्र रसाईली, गणेश सोनी रसाईली र शिशीर सुर्खेती रहेका छन् । यसैगरी कोषाध्यक्षमा सोम बिक र सहकोषाध्यक्षमा उत्तम बिश्वकर्मा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रिमा गदारेली, सुजन सुनार, द्रोणबहादुर सुर्खेती, पवन बिश्वकर्मा, रामशरण रसाईली, राजेश बिक, सुनिता बराईली, शिला रसाईली, बिमल बिक, सुशिल सुनार, सुरेन लोहोनी बिक, हरि बिसी, लक्ष्मी बिक, झरना बराईली, पुष्पा बिक, पदमप्रसाद भट्टराई, गोबिन्द बिक र नारायण बिक रहेका छन् ।

फोरमका अध्यक्ष धनबहादुर बिकको सभापतित्व र एनआरएन जापानका अध्यक्ष नविन निउरेको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा उपाध्यक्ष गंगालाल जि. आर. को स्वागत मन्तव्य राख्नु भएको थियो |
समारोहमा एक कार्यक्रमका लागि जापान आएका नेपाली सिनेजगतका सदावहार नायकको छबि बनाएका भुवन केसी, चर्चित प्रगतिशील गायक चेतन सापकोटा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि निउरे, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष सुकमान थिङ तामाङ, महिला सामाजिक अभियान्ताद्वय अनिता गुरुङ र सरिता ढकाल, नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्की, प्रेस सेन्टर जापानका अध्यक्ष सन्दिप सुनार, मोना जापानका महासचिवसमेत रहेका एनआरएन कान्तोका संयोजक सागर कार्की, गोरखा समाज जापानका अध्यक्ष चुडामणि भट्टराई, बिश्वसाइकलयात्री अजय भगत लगायतका रहेका थिए ।

बोल्ने वक्ताहरुले आजको एआई (आर्टीफिसियल इन्टेलीजेन्सी) को एक्काइसौ शताब्दीमा पनि हाम्रो नेपाली समाजमा विद्यमान जातिय भेदभाव र छुवाछुत जस्तो अति निन्दनीय अवशेषहरु अझै उन्मुलन हुन नसकेकोमा दुख ब्यक्त गर्दै सर्बप्रथम आफ्नै घरपरिवार र समुदायबाट यसको अन्त्यका लागि पहल गरिनुपर्ने धारणा ब्यक्त गरेका थिए । उनीहरुले जातिय विभेद बिरुद्ध ग्लोबल फोरम जापानको अभियान र आन्दोलनप्रति सँधै ऐक्यबद्धता रहने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

समारोहको अन्त्यमा सभाध्यक्ष बिकले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गर्दै नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।