श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो – अध्यक्ष राई


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
6.1K
SHARES

२७ वैशाख काठमाडौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको स्पष्टीकरण दिएका छन् । उनले महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिइएको आरोप लगाएका हुन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘आसन्न महाधिवेशनमा अल्मतमा पर्ने देखेपछि पार्टी विभाजन गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष राईले भने, ‘यहाँ अल्पमत र बहुमतको कुरा भएन । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । पार्टीभित्रको अन्तर्विरोध र समस्यालाई समाधान गर्न र अगाडिको मार्ग प्रशस्त गर्ने यसको उद्देश्य थियो । तर, यहाँ कुनै नेतालाई श्रीपेचलाई लगाउन खोजियो । पार्टी कब्जा गर्ने रणनीति देखियो ।’