फेरि फुट्यो जसपा नेपाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
9K
SHARES

२७ वैशाख काठमाडौ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जनता समाजवादी पार्टी नेपालमा समाहित भएका नेताहरूले जसपा नेपाल छाडेका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन्। उनीहरूले प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए। उनले अहिले आफूहरू जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानवादीहरूसँग सहकार्य गर्ने बताए।