क्याबिनेट बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
8.2K
SHARES

२७ वैशाख काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अधिकांश मन्त्री र मुख्य सचिवको उपस्थिति छ ।

तर पार्टी विभाजनको पीडा भोगिरहेका अर्का उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भने क्याबिनेट बैठकमा अनुपस्थित रहेको बताइएको छ ।