रविको प्रमाण ल्याउन नसके राजनीति छाड्न तयार छु – नेता थापा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २८ २०८१
2.5K
SHARES

२८ वैशाख काठमाडौ । सहकारीबाट ऋण लिएको प्रमाण ल्याउन गृहमन्त्री रवि लामिछानेले दिएको चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि स्वीकार गरेका छन्। शुक्रबार संघीय संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा आफूविरुद्धको प्रमाण ल्याउन रविले गगनलाई चुनौती दिएका थिए।

त्यसबारे सञ्चारकर्मीले गगनलाई पनि प्रश्न राखे। यदी तपाईं प्रमाण ल्याउन नसके राजनीति छाडिदिने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छाडिदिन्छु।’त्यसमाथि गगनले जवाफ दिएका छन्, ‘हाम्रो परम्परा अनुसार सत्तापक्षले नै संसदीय समितिको नेतृत्व गर्छ। समितिले के गर्ने हो? यीनै तथ्य प्रमाणको विवेचना गर्ने हो।’