राजनीति नै छाडिदिने जुहारी , कसले मार्ला बाजी ?
२९ वैशाख काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सुर्यदर्शन सहकारीबाट ऋण लिनका लागि आफूले निवेदन दिएको प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले ऋण लिएको प्रमाण छ भन्दै सदनमा भनेकोमा आपत्ति जनाउँदै रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सो चुनौती दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यदी गगनले कुनै प्रमाण पेस गरे आफूले राजनीतिबाट बिदा लिने र प्रमाण ल्याउन नसके गगनले राजनीतिबाट बिदा लिनुपर्ने बताए।
सहकारीबाट ऋण लिएको प्रमाण ल्याउन गृहमन्त्री रवि लामिछानेले दिएको चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि स्वीकार गरेका छन्। त्यसबारे सञ्चारकर्मीले गगनलाई पनि प्रश्न राखे। यदी तपाईं प्रमाण ल्याउन नसके राजनीति छाडिदिने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छाडिदिन्छु।’रविले जनतालाई साक्षी राखेर आफ्नो सर्तमा अघि बढ्न आउन रविको चुनौती थियो।