गृहमन्त्री लामिछानेलाई एमालेले बचाउनु पर्दैन – नेता थापा
२९ वैशाख काठमाडौ । सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई एमालेले बचाउन नपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स नेपालमा आयोजित एक कार्यक्रममा थापाले आफूमाथि उठेका प्रश्नहरूको जवाफ रवि लामिछाने आफैंले दिने, एमालेले बचाउन नपर्ने बताएका हुन्।
तर त्यसका लागि बोल्न दिनुपर्ने उनले बताए। ‘७० वर्ष काम गरेर आएको मान्छे होइन। बोलेर पार्टी बनाउनुभएको हो। बोल्न रोक लगाइएको छ। कति गाह्रो हो। युट्युबरमार्फत स्थापित भएको पार्टी। गृहमन्त्री भएपछि बोल्न पाउँनुहँदैन भन्ने,’ उनले भने।