राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
1.9K
SHARES

३० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयले आइतबार एब विज्ञप्ति जारी गर्दै नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ। सरकारले गरेको सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा नेपालले असन्तुष्टि जाहेर गरेका थिए।

उक्त विषय विवादमा परेपछि उनलाई राष्ट्रपति पौडेलले पनि सोधपुछ गरेका थिए। सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिको सचिवालयबाटै आएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। ओलीले नेपालको सो अभिव्यक्तिबारे आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको समेत जवाफ माग गरेका थिए।