एमाले र माओवादीले सरकार छाड्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
7.3K
SHARES

३० वैशाख जनकपुरधाम । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो । जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहेकको दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने बताउँदै आएको छ ।