प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ३० २०८१
2.2K
SHARES
३० वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आइतबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । मंगलवार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट