सरकारबाट बाहिरियो माओवादी, एमालेका मन्त्रीले पनि राजीनामा दिँदै
३० वैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आइतबार मुख्यमन्त्री सरोवकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
मधेस सरकारमा माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साह रहेका थिए । भट्टराईले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी रहेको बताए ।
त्यस्तै, नेकपा (एमाले)ले पनि आजै सरकार छाड्ने तयारी गरेको छ । मन्त्रीहरू बाहिर रहेकाले उनीहरू आइपुगेपछि आजै सरकार छाड्ने एमालेको तयारी छ ।