जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन् – प्रधानमन्त्री प्रचण्ड
३० वैशाख काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई सरकारले नै भगाएको भन्ने हल्ला वाहियात रहेको टिप्पणी गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पासपोर्टको सामान्य समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको जिकिर गरे।
सञ्चारकर्मीले प्रचण्डलाई गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको भन्ने भन्नभुएको छ नि? भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘वाहियात कुरा हो। त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन।’