प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित , ६ गते बिहान ११ बजे बस्ने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ४ २०८१
3.1K
SHARES
४ जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो । संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट