कांग्रेसले देखाएको असभ्य व्यवहारको रहस्य ओलीले खुलाए , यस्तो रहेछ वास्तविक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४ २०८१
8.9K
SHARES

४ जेठ काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले आफूमाथि असभ्य व्यवहार गरेको आरोप लगाएका छन् ।शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै सांसदहरूले आफूमाथि असभ्य व्यवहार गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको लहरमा आएको बताए । उनले कांग्रेस सांसदहरूले अपशब्द प्रयोग गरेको पनि बताए । ‘कांग्रेस सांसदहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको लहरभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने काम गरे । यो सभ्य व्यवहार होइन,’ उनले भने, ‘सरकारबाट मैले हटाइदिएको भन्ने रिसमा होला ।’

बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको अध्यक्ष ओलीको भनाइ छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओली स्वयम्‌ नै उठेर रोस्ट्रममा जान इशारा गरेका थिए । अध्यक्ष ओलीको इशारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औँला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।