बालुवाटारमा कांग्रेस नेताहरूको इन्ट्री , प्रचण्ड-ओली र रविबीच छलफल जारी


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
5.9K
SHARES

५ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको वार्तामा कांग्रेस नेताहरुको इन्ट्री भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका हुन् ।

सत्ता समीकरणका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बेलामा सुरुमा कांग्रेस नेता सिटौला छिरेका छन् । सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेससँग छलफल गरेका थिए ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन । अहिले संसदीय छानबिन समितिको क्षेत्राधिकारको विषयमा छलफल भइरहेको जनाइएको छ ।