गगनको प्रश्न– गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०८१
3.3K
SHARES

६ जेठ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएको टिप्पणी गरेका छन् ।

आइतबार लामिछानेले प्रतिनिधिसभा बैठकमा बोलेपछि पत्रकार सम्मेलन गर्दै थापाले लामिछाने टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्री भन्नेमा आफू अलमलिएको बताए ।

गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता भन्ने कुरामा थोरै अलमल भयो । गृहमन्त्री हो भन्ने कुरा माननीय गृहमन्त्रीले बिर्सनुभयो कि भन्ने लाग्यो,” उनले भने । उनले टेलिभिजन प्रस्तोता हुँदा प्रश्न उठाउने विषय स्वाभाविक रहेको बताए । तर, गृहमन्त्रीले फाइल खोल्दिऊँ ? भनी प्रश्न गर्नु स्वाभाविक नहुने उनको भनाइ छ ।