टीओआरमा नाम नै लेखेरै बनाउन गृहमन्त्री रविको सन्देश


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
5.8K
SHARES

८ जेठ काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्य रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रवि लामिछानेको नाम राखेर कार्यादेश बनाउन सहमत भएको बताए । बैठक बस्नु अघि सञ्चारकर्मीसँग रास्वपा सांसद खनालले कार्यदलमा रास्वपाकै कारण सहमति हुन नसके रवि लामिछानेकै नाम किटान गरेर कार्यादेश बनाउन सभापति लामिछानेले सन्देश पठाएको बताए ।

उनले भने,‘ हाम्रै कारणले समिति नबनेको हो भने हामी कार्यदलमा बस्दैनौं ।सभापतिज्यूले पनि उहाँको नाम राखेरै कार्यादेश बनाउन निर्देशन दिनुभएको छ । उहाँको त्यही सन्देश लिएर आएको हो ।’कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो । पछि कांग्रेसले असहमति जनाएपछि कार्यादेश  बनाउने सहमति भँडिएकाे थियाे ।