सिरोहिया अदालती प्रक्रियाबाट सजिलै छुट्नु हुन्छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
3.9K
SHARES

९ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई अदालतले नै प्रक्रिया अघि बढाऊ भनेपछि पक्राउ गरिएको बताएका छन् ।

चन्द्रागिरीमा बुधबार भएको एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ?”

उनलाई गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको भन्न छ नि भनी सोधेको प्रश्नमा दाहालले भने, “त्यो मान्छेले भन्ने कुरामात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।”