बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १३ २०८१
3.1K
SHARES

१३ जेठ काठमाडौं । भारतको दिल्लीस्थित बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ । बीबीसी भारतका अनुसार, पूर्वी दिल्लीको विवेक विहार क्षेत्रस्थित बाल अस्पतालमा शनिबार राति साढे ११ बजे आगो सल्केको थियो ।

अस्पतालबाट १२ शिशुलाई उद्धार गरिए पनि ६ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ६ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

आगो लाग्नुको कारण अहिलेसम्म पत्ता नलागेको अग्नि नियन्त्रण अधिकारीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । आगोले अस्पताल छेउछाउका भवनहरूमा समेत क्षति गरेको छ ।