यस कारण मेयर बालेनले रद्द गरे सिंगापुर भ्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१
3.1K
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंगापुर भ्रमण रद्द गरेका छन् ।मेयर शाहले भ्रमणमा नजाने निर्णय गरेको उनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।

सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएपनि कार्यव्यस्तताका कारण नजाने निर्णय गरिएको उनले जनाए  ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  मेयर शाहको सिंगापुर भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।