तेस्रोपटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २० २०८१
4.7K
SHARES

२० जेठ काठमाडौ । भारतमा सातौं र अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्। त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।

५४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ। चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए। मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो। मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्।