पूर्वमा बाढीको चेतावनी


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१ २०८१
4.8K
SHARES

३१ जेठ काठमाडौँ । लगातारको वर्षापछि तुम्लिङटार क्षेत्रमा बाढीको चेतावनी दिइएको छ । स्थानीय सभाया खोलाको जल सतहले सतर्कता तह नाघेपछि सतर्कताको निम्ति चेतावनी दिइएको हो । जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले गएरातिदेखि खोलाको जलसतह बढेपछि तटीय क्षेत्रका स्थानीयलाई जानकारी गराएको छ ।

तर, मुलुकको मध्य र पश्चिम क्षेत्रमा तापक्रम बढ्दो क्रममा छ । मध्य र पश्चिम तराईका अधिकांश भागमा तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ । धनगढीमा हिजो ४३.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा पनि तापक्रम बढेको छ । हिजो काठमाडौंको तापक्रम ३४.३ डिग्री सेल्सियस थियो । आज पनि ३४ डिग्रीभन्दा माथि रहने महाशाखाले जनाएको छ ।