पहिरोले घर पुरिँदा पाँच वर्षीय छोराको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
2.2K
SHARES

१७ असार काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ।  स्थानीय रमेश विश्वकर्माका पाँच वर्षीय छोरा प्रिन्स विकको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा छोरा गुमाएका रमेश पहिरोमा पुरिएर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा गएराति पहिरोले घरमै च्यापिँएका थिए।  प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।