फिस्लिङको पहिरो हटाइयो


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ७ २०८१
2.2K
SHARES

७ साउन काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।