फेरि आयो दोलखा भीमसेनमा ‘पसिना’


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ९ २०८१
4K
SHARES

९ साउन काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पौने १ बजेदेखि पसिना आएको हो । शिलाको दाँयापट्टीबाट पसिना आउन शुरु भै सबैतिर आएको र अहिले पनि जारी रहेको जनाइएको छ ।

गत शनिबार पनि शिलामा पसिना आएको थियो । दिउँसो १: ४७ देखि शुरु भै ३: ५१ बजेसम्म शिलाको बायाँतर्फ पसिना आएपछि विधिपूर्वक पूजापाठ गरिएको थियो।

भीमसेनको शिलामा पसिना आएपछि मुलुकमा अनिष्ट हुने पुरातन मान्यता रहँदै आएको छ । दोष कटाउन प्रचलित मान्यताअनुसार बाजागाजासहित पूजाआराधना गर्ने चलन छ ।