कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अस्वीकृत
१४ साउन काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। सोमबार साँझ नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको बैठकमा उनको नाम सर्वसम्मतिले अस्वीकृत भएको नेकपा एमालेकी सचेतक सुनिता बरालले जानकारी दिइन्। बैठक बस्नेअघि नै प्रधानले नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए। समितिबाट अस्वीकृत हुने भएपछि उनले नाम फिर्ता लिएका थिए।
‘…प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकोले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो,’ समितिको निर्णयमा भनिएको छ।