जापान शीर्ष स्थानमै, चीन दोस्रो स्थानमा उक्लियो


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
3.1K
SHARES

१६ साउन काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को पाँचौं दिन पनि पदक तालिकाको शीर्ष स्थानमा जापान यथावत् छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बुधबारका खेल जारी रहँदा जापान सात स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ । कुल १३ पदक जितेको जापानले दुई रजत र चार काश्य जितेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा चीन उक्लिएको छ । चीनले बुधबार बिहानसम्म ६ स्वर्ण, ६ रजत र दुई काश्यसहित कुल १४ पदक जितेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक काश्यसहित ११ पदक जितेको छ । तालिकाको चौथो स्थानमा फ्रान्स छ । फ्रान्सले पाँच स्वर्ण, नौ रजन र चार काश्यसहित १८ पदक जितेको छ ।

पाँचौं स्थानको दक्षिण कोरियाले पाँच स्वर्ण, तीन रजत र तीन काश्यसहित ११ पदक जितेको छ । छैटौँ स्थानमा रहेको अमेरिकाले चार स्वर्ण, ११ रजत र ११ काश्यसहित २६ पदक जितेको छ ।  सातौँ स्थानको ब्रिटेनले चार स्वर्ण, पाँच रजत र तीन काश्यसहित १२ पदक जितेको छ ।  आठौँ स्थानमा इटाली छ । इटालीले तीन स्वर्ण, चार रजत र चार काश्यसहित ११ पदक जितेको छ । प्रतियोगिताको पाँचौ दिनसम्म २१ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, २० टिमले रजत र ३१ देशले काश्य जितेका छन् ।

452564295_1187354602387475_7968730661157354892_n-1722405466.jpg