गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, २ घाइते


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
2.1K
SHARES

२२ साउन काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी पुर्याएका छन् ।