गाजामा इजरायली आक्रमणबाट १०० प्यालेस्टाइनीको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २७ २०८१
1.6K
SHARES

२७ साउन काठमाठौं । गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको भने दर्जनौँ घाइते भएका छन् । अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठूलो संख्यामा हताहत भएको थियो ।

इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीनवटा रकेटसहित बमबारी गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ ।