ट्रम्पको अन्तर्वार्ता मस्कले लिए


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
1.7K
SHARES

२९ साउन काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन्। यस क्रममा ट्रम्पले एक्सका मालिक इलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका छन्।

२०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षका लागि प्रतिबन्ध लगाइएको थियो।मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताका रूपमा वर्णन गर्दै यसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने बताए।ट्रम्पले मस्कलाई ‘सबै रेकर्ड तोडेकामा’ धन्यवाद दिए। उनले यो कार्यक्रम धेरै मानिसले सुन्न पाउने बताए।

मस्कले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरे।आफ्नो अनुभवबारे विस्तृत कुरा गर्नुअघि ट्रम्प हाँस्न थाले। उनले भने, ‘यो सुखद त बिलकुलै थिएन।’ ट्रम्पमाथिको आक्रमण ‘ठूलो असफलता’ भन्दै भावुक भइन् अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक
जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।

एक्स र फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लागेपछि ट्रम्पले आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल सुरु गरे।जहाँ ट्रम्पका ७.५ मिलियन फलोअर्स छन्। एक्समा भने उनलाई ८८ मिलियन मानिसले पछ्याउँछन्।