बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ – प्रधानमन्त्री मोदी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
2.2K
SHARES

३१ साउन काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।  मुलुकको ७८औँ दिवसका अवसरमा आज (बिहीबार) बिहान लाल किल्लामा झन्डा फहराएपछि मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूविरुद्ध भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले भने, ‘बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ।’बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भइन्। हाल उनी भारतमा छिन्।  त्यसयता बंगलादेशमा अल्पसंख्यक, विशेषगरी हिन्दुहरूविरुद्ध हिंसा भइरहेको छ।