अर्बपतिकी छोरी प्रधानमन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१
3.1K
SHARES

३२ साउन काठमाडौं । थाइल्याण्डको फेउ थाई पार्टीले अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

त्यहाँको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्व उल्लंघन गरेको आरोप प्रमाणित गर्दै बर्खास्त गरेपछि उक्त पार्टीले नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रालाई अघि सारेको हो ।एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशबाट पदमुक्त भएका श्रेथा उक्त पार्टीको तर्फबाट तेस्रो प्रधानमन्त्री हुन् ।

पेटोङ्टार्नको प्रधानमन्त्रीमा उम्मेदवारीबारे भोलि त्यहाँको संसदमा मतदान हुँदैछ । थाइल्याण्डमा लामो समयदेखि कायम राजनीतिक अस्थितरताबीच थाक्सिनपुत्री नयाँ प्रधानमन्त्री बन्ने अवस्था देखापरेको हो ।