जनप्रगतिशिल मंच पोर्तुगल कार्यसमितिको अनलाइन बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
2.7K
SHARES

११ भदौ काठमाडौं । अगस्ट 25 तारिख आइतबारका दिन नेपाली जनप्रगतिशिल मन्च पोर्तुगलको बिशेष बैठक बरिस्ठ उपाध्यक्ष कमरेड रेशम बस्नेतको अध्यक्षतामा र सचिब कमरेड गोबिन्द अधिकारी को संचालनमा जनप्रगतिशिल मंच  पोर्तुगलको कार्यसमितिको अनलाइन बैठक सम्पन्न भयो ।

एजेन्डा उपर छलफल हुँदा पोर्तुगल सांगठनिक सामरिक रुपमा रहेको देश हो । पोर्तुगललाई युरोप कमिटिको नर्सरिको रुपमा समेत हेरिन्छ । धेरै पाटिमा आस्था राख्ने साथिहरु यहाँ आईरहनु भएको छ । र यहां बाट संगठित भएर अन्यत्र जादा समेत पाटि आन्दोलनलाई उचाईमा पुर्याउन सकिने तथ्य जगजाहेर नै छ । तर संगठनको अध्यक्ष कमरेड सिता ढकाल सुवेदी सांगठनिक अराजकता , गुटबन्दी(केही २/४ जना साङ्गठनिक स्वार्थ लुट्न तयार,अन्न्य पार्टी का तर हामी बाट व्यावसायिक स्वार्थ लिने, निहित स्वार्थमा लागि पर्ने) मान्छे हरु बोकेर जन्युद्द का घाइते अपांग ,सहिद परिवार, सच्चा पार्टी का कार्यकर्ता हरु,विद्यार्थी ,युवा,मजदुर हरुलाइ ओझेलमा पार्ने गरि अराजक गतिविधि सन्चालन गरेको,ब्यती बादी चरीत्र अध्यक्ष मा हाबी भएको जसले गर्दा सच्चा माववादीहरु पोर्तुगल को कमिटी र संगठन बाट बाहिर रहेको ,निहित स्वार्थ का लागि आफ्ना कार्यक्रता हरुलाइ धम्क्याउने,थर्काउने,लडाइँ झगडा गर्न अन्य मान्छे प्रयोग गरि कार्यक्रता तर्साउने,कमिटी मा कुनै कुरा छलफल हुन नदिने हुबहु आफ्ना मनका कुविचार निर्णय गराउन महासचिव प्रयोग गर्ने,माथिल्लो कमिटी मा सबै मैले गरेको भनेर रिपोर्टिङ गर्ने ,कसैको कुरा नसुन्ने कमिटी को बैठकमा कुनै प्रस्ताब पेस गर्न कार्यसमितिका सदयहरुलाइ नदिने ,आफू केन्दृत बिचार प्रस्तुत गरि निर्णय गर्ने, पोर्तुगल नेपाली समाज मा आफू बाहेक अरुलाइ उपस्तिथि हुन नदिने र ब्यती केन्द्रित अबिब्यत्ती दिने(जसले गर्दा संगठन को अस्तित्व समाप्त्त सरह रहेको), बैठकले ठहर गर्दछ।

पोर्तुगल मा करिब २०००-४००० माओवादी समर्थक रहदा पनि अध्यक्ष को ब्यतिगत र अराजनितिक गतिविधि ले गर्दा सबै समर्थक हरु संगठन मा जोडीन हिचकिचावट रहेको प्रष्ट पाइएको छ। २} बिगत मा क. सिता ढकाल सुवेदी संगठन को संयोजक हुदा देखि सम्मेलन पच्चात आजको दिन सम्म सयौं विविध गतिविधि भनी समर्थक ,शुभचिन्तक हरु सङ (सम्मेलन ,लास ब्यबस्थापन ,विविध कार्यक्रम )भनी उठायको आर्थिक रकमको आज सम्म एका दुई सब ब्यवस्थापन को बाहेक हिसाब पारदर्शीकरण नभयको, लेबि ब्यबस्थित नगरेको, कमिटिका साथिहरुले पारदर्शिताको कुरा उठाउदा हिसाबकिताब देखाउन आनाकानी गर्ने , पारदर्शीताको कुरा उठाउने साथिहरुलाई धम्काउने , झगडा गर्ने जस्तो गैरजिम्मेवारी पुर्ण ब्यबहार देखाउदै आउनु भएको छ।

पाटि आन्दोलनलाई थप सशक्त , प्रभावकारी र पोर्तुगलमा बलियो संगठन बनाउनु आजको आबश्यक्ता रहेको छ । निहित स्वार्थमा रहेर बलियो संगठन बनाउन सम्भावना नभएकाले यो बैठक द्वारा कार्यसमितिको बहुमत सदस्यको उपस्थितिमा अध्यक्ष कमरेड सीता ढकाललाइ अध्यक्ष पद बाट बर्खास्त गरि सातौं अधिबेशन बाट गठित कार्य समिती भङ गर्ने निर्णय गरियो।। साथै बैठकले सबै समर्थक,शुभचिन्तक,शुभेच्छुक हरुलाइ संगठन मा जोडी आउदो ६ महिना भित्र बहुसंख्यक पोर्तुगल मा उपस्थित माओवादी समर्थक शुभचिन्तक समर्थक हरुको भब्य भेला आयोजना गर्ने गरि कमरेड देवराज घिमिरेलाई सम्मेलन आयोजक समितिको संयोजक को जिम्मेवारी प्रदान गर्ने र सम्मेलन आयोजक समितिले युरोप समिती र उपाल्लो सम्पुर्ण समितिको सल्लाह र सुझाब को आधार मा ६ महिना भित्र सम्मेलन गर्ने निर्णय गरियो ।

एजेन्डा मा छलफल हुदा बैंठकको निर्णयको जानकारी उपल्लो कमिटि (जनप्रगतिशिल मञ्च युरोप, नेकपा माओवादी युरोप-अमेरिका-अस्ट्रेलिया प्रदेश कमिटी मा गराउने निर्णय गरेको छ । साथै थप सांगठनिक गतिविधि सामुहिकतामा प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरियो।