स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १५ २०८१
2.1K
SHARES
१५ कार्तिक काठमाडौं । नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ ।
सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।आजै कुकुरको पनि पूजा गरिँदै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट