मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१
4.6K
SHARES

२० कार्तिक काठमाडौं। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सांसद दीपक मनाङे भन्ने राजिव गुरुङलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ। मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेको हो।

आदेशसँगै मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च स्रोतले  जानकारी दियो। सर्वोच्चको आदेशसँगै मनाङे भने मोबाइल फोन समेत स्वीच अफ गरेर फरार भएका छन्।

पाटन अदालतले गुरुङलाई ५ वर्षको फैसला सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो। उता गुरुङ भने २ वर्ष कैदको फैसलापछि पनि जेलबाहिरै थिए।