म पुटिनसँग कुरा गर्छु – ट्रम्प  


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.7K
SHARES

२३ कार्तिक काठमाडौं । ४७ औं अमेरिकी राष्ट्रपतिमा चयन भएका डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।अमेरिकी मिडिया एनबीसी न्यूजको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार आफू निर्वाचित भएपछि विश्वका ७० नेतासँग कुरा भएको र पुटिनसँग भने नभएको भन्दै उनले आफू कुरा गर्न तयार भएको बताएका छन्।

रुसले ट्रम्पलाई गोप्य रूपमा चुनाव जितेकोमा बधाई दिएको पनि सार्वजनिक भएको छ । सन २०१४ मा क्राइमिया रुसमा युक्रेनबाट गाभिदा अमेरिका र रुस सम्बन्ध चिसिएको थियो भने सन २०२२ मा सुरु युक्रेन हमलाबाट त पानी बाराबारको अवस्थामा पुगेको छ ।