कालीकोट जिप दुर्घटना अपडेट : ३ जनाको मृत्यु, १३ जना घाइते


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
2.1K
SHARES

२५ कात्तिक सुर्खेत । कालीकोटको पलाँतामा जिप दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् । कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले कम्तीमा ३ जनाको मृत्यु र १३ जना घाइते भएको जानकारी दिए ।

आइतबार साढे तीन बजेतिर पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको रावतले बताए ।