‘हरिबहादुरको जुत्ता’मा स्क्रिन सेयर गर्दै प्रियंका र स्वस्तिमा


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१
2K
SHARES

२६ कात्तिक काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्की अनुबन्धित भएकी छन् । स्वस्तिमा खड्कापछि प्रियंका कार्की अनुबन्धित भएकी हुन् । यी दुईले ‘हरिबहादुरको जुत्ता’मा स्क्रिन सेयर गर्ने भएका छन् ।

यो चलचित्रमा प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् । ‘हरिबहादुरको जुत्ता’ सिनेमाको मुख्य भूमिका हरिवंश आचार्यले निर्वाह गर्नेछन् । दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘हरिबहादुरको जुत्ता’ गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन् ।

सिनेमाको पटकथा तथा संवाद हरिवंशले लेखेका हुन् । सिनेमाको कन्सेप्ट पनि हरिवंश स्वयंको हो । माघ २१ गतेबाट चलचित्र छायांकनमा जाने निर्देशक दीपेन्द्रले जानकारी दिए ।