पावर प्लेमा चितवनले बनायो ४६ रन


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
2.1K
SHARES

१७ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौंविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो पावर प्लेमा ४६ रन बनाएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याइरहेको चितवनले पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ४६ रन बनाएको हो । जारी खेलको सात ओभर समाप्त हुँदा चितवनले तीन विकेट गुमाएर ५६ रन बनाएको छ । चितवनबाट हाल क्रिजमा रहेका कुशल मल्ल ११ र रवि बोपारा एक रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १११ रनको योगफल खडा गरेको थियो ।