पूर्णिका भनिन् ‘फेस अफ क्लासिक डाइमन्ड’को विजेता


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
2.4K
SHARES

१७ मंसिर काठमाडौं । पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौं सिजनको विजेता बनेकी छन् । क्लासिक डाइमन्ड ज्वेलर्सको आयोजनामा भएको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौं सिजनको टाइटल पूर्णिकाले जितेकी हुन् । फर्स्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जितेकी छन् ।

विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेकी छन् । फर्स्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । क्लासिक डाइमन्डको ग्रान्ड फेसन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो ।प्रतियोगिताको निर्णायक प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।