हत्वै बढ्यो सुनको मूल्य , कति पुग्यो आज ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
6K
SHARES

१८ मंसिर काठमाडौं ।मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।