१०औँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा – खेलकुदमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१
2.3K
SHARES

१९ मंसिर कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् ।पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए । उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए ।

‘खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मङ्सिरमा राष्ट्रिय खेलकुद हुनसकेन । अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ’, मन्त्री चौधरीले भने ।पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए ।