दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने संकेत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
2.9K
SHARES

२१ मंसिर काठमाडौं । दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ।समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम पनि समावेश थियो’ डोङ-हुनले भनेका छन्, ‘उनी लोकतन्त्रका लागि खतरा बनेका छन् र पदबाट राजीनामा दिनुपर्छ।’

राष्ट्रपतिको शक्ति सीमित नगरेको खण्डमा उनले पुनस् खतरनाक कदम उठाउने सम्भावना रहेको भन्दै देश र नागरिकहरूका लागि जोखिम हुन सक्ने डोङ(हुनको भनाइ छ ।