जापानिज जीवन बीमकको दोब्बरले बढ्यो प्रिमियम


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१
2.6K
SHARES

२५ मंसिर काठमाडौं । जापानिज जीवन बीमा कम्पनीहरुको व्यापार दोब्बरले बढेको छ।जीवन बीमा संघ जापानले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्ष २०२४ को सेप्टेम्बरसम्म ४१ वटा जापानिज जीवन बीमकले १२८ अर्ब कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन वर्ष २०२३ को सेप्टेम्बरको तुलनामा १०६.६ प्रतिशतले बढी हो।

यसैगरी जापानिज जीवन बीमकहरुको दाबी भुक्तानी पनि करिब दोब्बर नै बढेको छ। कम्पनीहरुले सेप्टेम्बरसम्म ३०.२ अर्ब डलर दाबी भुक्तानी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९६.७ प्रतिशतले बढी हो।

जापानिज जीवन बीमकहरुको नयाँ व्यापार पनि उछाल आएको छ। अघिल्लो वर्षको तुलनामा सेप्टेम्बरमा कम्पनीहरुको नयाँ व्यापार १०५.७ प्रतिशतले बढेको छ।