एनपीएलको विजेतालाई एक करोड १० लाख


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २ २०८१
1.9K
SHARES

२ पुस काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो ।

क्यानका अनुसार, उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौँथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । प्रतियोगिताको उपाधि भिडन्त पुस ६ गते (शनिबार) हुनेछ ।