एटलान्टालाई पछ्याउँदै इन्टर


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
2.4K
SHARES

१४ पुस काठमाडौं । कालियरीविरुद्ध उसैको मैदानमा ३–० को सहज जित निकाल्दै इटालियन सिरी ‘ए’ मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।शनिबार राति कालियरीको मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन एलेसान्ड्रो बास्टोनी, लौटारो मार्टिनेज र हकान कालानोग्लुले गोल गरे । इन्टरले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

खेलेको ५३औँ मिनेटमा बास्टोनीले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ७१औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले अग्रता दोब्बर बनायो । ७८औँ मिनेटमा कालानोग्लुले पेनाल्टी सदुपयोग गर्दै अग्रतालाई ३–० मा पुर्याए ।

सिरी ‘ए’ मा इन्टरको यो १२औँ जित हो । यो जितसँगै १७ खेलबाट ४० अंक जोडेको इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरभन्दा माथि रहेको एटलान्टाको खातामा ४१ अंक छ । एटलान्टाले ४१ खेल खेलेको छ । कालियरीको भने यो जारी सिजनको १०औँ हार हो । लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत कालियरीले १८ खेल खेल्दा १४ अंकमात्र जोडेको छ ।